दफा ५४७
वस्तुको मूल्य निर्धारण गर्ने

(१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक वस्तुको मूल्य करारका शर्तबाट करारमा मञ्जुर गरिएको तरिकाबाट वा पक्षहरू बीच हुने कारोबारको सिलसिलाबाट निर्धारण गरिनेछ ।
(२) वस्तुको मूल्य नाप, तौल अनुसार निर्धारण गरिएको भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो वस्तुको मूल्य खुद नाप तौलको आधारमा कायम हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम वस्तुको मूल्य निर्धारण हुन नसकेमा सम्बद्ध परिस्थितिलाई विचार गरी क्रेताले मनासिब मूल्य बिक्रेतालाई भुक्तानी गर्नु पर्नेछ ।